काठमाडौँ, २२ वैशाख । सरकारले संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन वैशाख २८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दिउँसो २ बजे अधिवेशन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।














