काठमाडौँ, २१ वैशाख । काठमाडौँमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
बैठक बीपी स्मृति भवनमा आयोजना हुने र असन्तुष्ट समूहका नेता पूर्णबहादुर खड्का तथा शेखर कोइराला पक्षसँग संवादबारे छलफल हुने जनाइएको छ ।
यसअघि अनुशासन समितिले प्रतिनिधिसभा निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गर्ने सदस्यहरूसँग पाँच दिनभित्र स्पष्टीकरण मागेको थियो ।














