काठमाडौं, २० वैशाख । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) ले सुकुम्बासी बस्तीमा डोजरका कारण घरबारविहीन बनेकाहरूको १२ महिनाभित्र गाँसबास, स्वास्थ्य र सुरक्षित बसोबासको पूर्ण व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
प्रवक्ता मनिष झाले अनुसार सचिवालय बैठकले विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी व्यवस्थित बसोबास मिलाउन आग्रह गरेको हो ।
उनले बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी किनारबाट समयमै सुरक्षित स्थानमा सार्नुपर्ने आवश्यकता औंल्याए ।














