काठमाडौं, २० वैशाख । काठमाडौंमा राजावादी अभियन्ता दुर्गा प्रसाईंले सरकारले सीमा सुरक्षाभन्दा सुकुम्वासी बस्ती हटाउने कामलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
उनले भूमिहीन र सुकुम्वासीको पक्षमा लड्ने घोषणा गर्दै उनीहरूलाई बसोबासको अधिकार दिनुपर्ने बताए । प्रसाईंले सरकार र लिपुलेक-कालापानी क्षेत्रमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
साथै, आफ्नै नागरिकलाई बस्न नदिँदा शरणार्थीलाई आश्रय दिने नीतिप्रति पनि उनले प्रश्न उठाएका छन् ।














