काठमाडौं, १७ वैशाख । सरकार अध्यादेशमार्फत राजनीतिक नियुक्ति खारेज गर्ने तयारीमा अघि बढेपछि विभिन्न निकायका पदाधिकारीहरू धमाधम राजीनामा दिन थालेका छन् ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले बिहीबार राजीनामा दिएका छन् । उनीहरूले नयाँ सरकारलाई काम गर्न सहज बनाउन मार्गप्रशस्त गरेको बताएका छन् ।
सरकारले सार्वजनिक निकायमा भएका राजनीतिक नियुक्ति हटाउँदै पारदर्शी र प्रतिस्पर्धी प्रणाली लागू गर्न विभिन्न अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
यसअन्तर्गत करिब १२ सय नियुक्ति खारेज गर्ने तयारी रहेको बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले केही अध्यादेशबारे कानुनी परामर्श लिइरहेका छन् भने अन्य निकायका पदाधिकारीहरूले पनि राजीनामा दिने क्रम बढ्ने संकेत देखिएको छ ।














