काठमाडौं, १७ वैशाख । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी -सीडीओ)हरूलाई अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउन सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी अतिक्रमित जग्गा पहिचान गर्न, हटाउने योजना तयार गरी पठाउन र कार्यान्वयनमा सहजीकरण गर्न भनेको छ।
सचिवस्तरीय निर्णयपछि यो प्रक्रिया थप तीव्र बनाइएको हो । यसैक्रममा काठमाडौंका नदी किनारमा रहेका अतिक्रमित संरचना हटाउने अभियान पनि सुरु गरिएको छ, जसका लागि सम्बन्धित क्षेत्रमा माइकिङसमेत भइरहेको छ ।














