काठमाडौं, १६ वैशाख । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन् ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा उनले सुशासन, सेवा संस्कार, संगठन सुदृढीकरण र जनउत्तरदायित्वलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।
उनले सांसद-मन्त्रालय समन्वय, प्रभावकारी सेवा प्रवाह, सामाजिक संवेदनशीलता, सुकुम्बासी व्यवस्थापन, अध्यादेश सुधार तथा सक्रिय राजनीतिक भूमिका निर्वाह गर्न जोड दिएका छन् ।
निर्देशनहरू (बुँदागत)
- मन्त्रालय र सांसदबीच नियमित अन्तरक्रिया तथा समन्वय बढाउने।
- सत्ता परिवर्तनसँगै सार्वजनिक सेवाको संस्कार सुधारलाई प्राथमिकता दिने।
- दललाई सेवा र सहजीकरणमा केन्द्रित राख्ने, व्यक्तिगत स्वार्थबाट टाढा रहने।
- “हेल्लो सरकार” प्रणालीलाई थप प्रभावकारी बनाउने।
- सांसदको मुख्य काम कानून निर्माणमा केन्द्रित हुने, शक्ति दुरुपयोग नगर्ने।
- अन्तर्जातीय विवाहसँग जोडिएका विभेद र दुर्घटना रोक्न पहल गर्ने, तर मर्यादा कायम राख्ने।
- अन्तर्राष्ट्रिय परिस्थितिले बजारमा पारेको असरप्रति सजग रहने।
- संगठन निर्माणमा सक्रिय र जिम्मेवार भूमिका खेल्ने।
- सुकुम्बासी व्यवस्थापनमा मानवीय दृष्टिकोण अपनाउने, सुरक्षित बसोबास सुनिश्चित गर्ने।
- अध्यादेशलाई सुधारमुखी ढंगले प्रयोग गर्ने, राजनीतिक दुरुपयोग नगर्ने।
- संवैधानिक निकायका रिक्त पद पूर्ति गरी कामकाज प्रभावकारी बनाउने।
- नियमित छलफल, सुझाव र समन्वयमार्फत काम अघि बढाउने।














