काठमाडौं, १४ वैशाख । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्न गठित कार्यदलले संविधान तथा कानुनका विज्ञहरूसँग परामर्श सुरु गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठन गरिएको कार्यदलले आजदेखि औपचारिक छलफल थालेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफलमा विभिन्न संविधान र कानुनविद्हरू सहभागी छन् ।
छलफलका क्रममा सहभागी विज्ञहरूले संविधान संशोधनका विविध पक्षमा आफ्ना सुझाव र धारणा राखिरहेका छन् भन्ने जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको छ ।














