काठमाडौं, १३ वैशाख । काठमाडौंको भक्तपुरस्थित मनोहरा क्षेत्रमा रहेको सुकुमवासी बस्ती हटाउन डोजरसहित सुरक्षाकर्मीको टोली पुनः पुगेको छ ।
हिजो बस्ती हटाउने प्रयासका क्रममा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि केही सुरक्षाकर्मी घाइते भएका थिए । त्यसपछि फर्किएको टोली आज बिहानै पुनः परिचालन गरिएको हो।
बस्ती आसपास बाक्लो सुरक्षाकर्मी तैनाथ गरिएको छ । यसअघि काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँका बस्तीमा पनि डोजर चलाएको थियो ।














