काठमाडौँ, १२ वैशाख । काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउने तयारी अन्तर्गत प्रहरी परिचालन गरिएको छ ।
घर–टहरा भत्काउने काम अघि बढ्नुअघि सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको हो । स्थानीय प्रशासन र काठमाडौँ महानगरपालिकाले यसअघि नै बस्ती खाली गर्न सूचना जारी गरेका थिए ।
सोहीअनुसार करिब ७० प्रतिशत बासिन्दाले शुक्रबार साँझसम्म स्थान खाली गरिसकेका छन् । प्रहरीका अनुसार सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आवश्यक बन्दोबस्ती मिलाइएको छ ।














