काठमाडौं, १० वैशाख । काठमाडौंमा रहेका सुकुम्बासी बस्ती खाली गराउन प्रहरीले माइकिङ सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार शुक्रबारसम्म बस्ती नछोडे शनिबार डोजर चलाइने चेतावनी दिइएको छ ।
प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा समितिले बस्ती हटाउने निर्णय गरेको हो ।
सोही अनुसार थापाथलीसहित चार स्थानमा खाली गराउन पहल तीव्र पारिएको छ ।














