काठमाडौं, ९ वैशाख । पाँचथरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएका छन् । हिलिहाङ गाउँपालिका–७ निवासी खडकबहादुर तामाङको करेन्ट लागेर ज्यान गएको हो ।
प्रहरीका अनुसार तामाङ बाँस काट्ने क्रममा थिए । सो क्रममा उनले काटिरहेको बाँस काबेली करिडोरअन्तर्गत रहेको १३२ केभिए प्रसारण लाइनको तारमा पुगेर छोएपछि करेन्ट लागेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रामचन्द्र शाहका अनुसार बाँस भिजेको (आलो) अवस्थामा रहेकाले विद्युत् प्रवाह सजिलै भएको र त्यसैका कारण घटना भएको हो ।














