काठमाडौं, ९ वैशाख। गृहमन्त्री सुधन गुरुङले विवादित व्यवसायीसँग सेयर कारोबारमा मुछिएको आरोपपछि पदबाट राजीनामा दिएका छन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्।
नियुक्तिको सुरुवाती चरणमा सक्रिय देखिएका गुरुङ पछिल्लो समय भने आलोचनामा परेका थिए।
स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि उनले राजीनामा दिने निर्णय गरेका हुन्।














