एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अनिश्चितकालका लागि लम्ब्याएका छन् ।
दुई साताको युद्धविराम अवधि समाप्त हुन लाग्दा पाकिस्तानमा हुने दोस्रो चरणको वार्तालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो । युद्धविराम कायम रहे पनि होर्मुज स्ट्रेट मा नाकाबन्दी यथावत् राखिएको छ ।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ ले कूटनीतिक प्रयासलाई निरन्तरता दिन युद्धविराम लम्ब्याइएकोमा ट्रम्पलाई धन्यवाद दिएका छन् ।
यद्यपि वार्ताको मिति तय भएको छैन र क्षेत्रीय तनाव अझै कायम छ ।














