सिरहा, ८ बैशाख । सिरहा कारागारमा आन्तरिक नियन्त्रण लिन खोजेको आरोपमा मंगलबार बिहान २३ जना कैदीलाई प्रहरीले हिरासतमा लिएका छन् ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार केही कैदीले चौकीदारलाई जबरजस्ती हटाएर व्यवस्थापन कब्जा गर्ने प्रयास गरेपछि सम्भावित झडप रोक्न उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा रहेका कैदीमाथि कानुनी प्रक्रिया अघि बढाइने र आवश्यक निर्णयपछि अन्य कारागारमा सारिने तयारी गरिएको छ । सिरहा कारागारमा यसअघि पनि गुटबन्दी, कुटपिट र झडपका घटना भइरहँदा सुरक्षा र व्यवस्थापनमाथि प्रश्न उठ्दै आएका छन् ।
य














