काठमाडौं, ६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) ले प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गर्दै पार्टीको उपस्थिति सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ ।
सम्बन्धित क्षेत्रको विस्तृत सूची केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिनेछ ।













