महोत्तरी, ५ वैशाख । महोत्तरीको जलेश्वरस्थित परिकौली ब्यारेक नजिक आज भएको दुर्घटनामा टेम्पुमाथि सापेताको रुख ढल्दा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
प्रारम्भिक जानकारी अनुसार टेम्पुमा ५ जना सवार रहेका थिए । अचानक रुख ढलेर टेम्पुमाथि खस्दा गम्भीर दुर्घटना भएको हो । घाइते सबैलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ भने स्थानीय प्रशासन र सुरक्षाकर्मीले अनुसन्धान अघि बढाएका छन् ।














