काठमाडौं, ५ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेरबारे सरोकारवाला निकायसँग सुझाव मागेको छ ।
बैशाख ३ गते पत्राचार गर्दै मन्त्रालयले जिल्ला समन्वय समिति, स्थानीय तह तथा सम्बन्धित संघसंस्थालाई राय दिन आग्रह गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँपालिका-नगरपालिका गाभ्ने, वडाको संख्या र सीमा परिवर्तन गर्ने तथा नगरपालिकाको वर्गीकरण पुनरावलोकन गर्ने विषयमा प्रारम्भिक मस्यौदा तयार भइसकेको मन्त्रालयले जनाएको छ ।
सो मस्यौदामा तीन दिनभित्र सुझाव पठाउन अनुरोध गरिएको छ ।














