विराटनगर, ५ वैशाख । विराटनगरको एक होटलबाट प्रहरीले ६ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ ।
उनीहरू पर्यटक भिसामा नेपाल आएर गैरकानुनी रूपमा æलाफिङ बुद्धÆ सम्बन्धी प्रशिक्षण सञ्चालन गरिरहेको आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सूचना पाएपछि होटलमा पुगेको टोलीले कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिंगापुरका को वी हक र लोह ली पेङसहित ६ जना रहेका छन् । कार्यक्रममा १२ जना १६ वर्षमुनिका किशोरीसहित ३० जना सहभागी थिए ।
पर्यटक भिसामा यस्तो गतिविधि गर्न नपाइने भएकाले उनीहरूलाई थप कारबाहीका लागि काठमाडौँस्थित अध्यागमन विभाग पठाउने तयारी गरिएको छ ।














