काठमाडौँ, ५ वैशाख । नेपाल पानी उद्योग महासंघले कच्चा पदार्थ र ढुवानी खर्चमा तीव्र वृद्धि भएपछि प्रशोधित पिउने पानीको मूल्य बढाउन सदस्य उद्योगहरूलाई आग्रह गरेको छ ।
बोतल, क्याप, जारलगायत सामग्रीको मूल्य करिब ४० प्रतिशतसम्म बढेको तथा डिजेल महँगिँदा ढुवानी खर्च पनि बढेको जनाएको छ ।
अन्तर्राष्ट्रिय रूपमा इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्ध तनावका कारण आपूर्ति प्रणाली प्रभावित भएको महासंघको भनाइ छ ।
हाल ६२० भन्दा बढी उद्योग सञ्चालनमा रहेको यस क्षेत्रमा लागत वृद्धि चाप बढ्दा मूल्य समायोजन …बाध्यात्मकÚ भएको बताइएको छ ।














