काठमाडौँ, ५ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीभित्र एकता कायम गर्दै अघि बढ्ने वातावरण बनेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यो निर्णयलाई जित–हार नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको रूपमा लिनुपर्ने बताएका छन् ।
उनले पार्टीका नेता–कार्यकर्ता र शुभेच्छुकलाई एकता र पुनर्जागरणका लागि सक्रिय हुन आह्वान गरेका छन् ।
साथै, १५औँ महाधिवेशनलाई सफल बनाउँदै पार्टीलाई रूपान्तरण र सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।














