काठमाडौं, ४ वैशाख । नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् ।
उनले सञ्चालक समिति बैठकमार्फत राजीनामा घोषणा गर्दै सरकारलाई सहयोग गर्न यस्तो निर्णय लिएको बताएका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा आफ्नो नाम जोडिएपछि सरकारले राजीनामा दिन आग्रह गरेको थियो ।
यस्तै, बोर्ड बैठकले गैरकानुनी सेयर कारोबार प्रकरणमा संलग्न रहेको आरोपमा हिमालयन सेक्युरिटिज लाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।














