काठमाडौं, ४ चैत । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन सँगको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि नयाँ परियोजना सञ्चालन गर्ने भएको छ ।
परियोजनाअन्तर्गत कम्तीमा २० सम्पदा र १७ समुदायका सांस्कृतिक परम्परालाई समेटिनेछ । सरकारले समुदायको सक्रियतासँगै संरक्षणलाई प्राथमिकता दिने जनाएको छ भने राष्ट्रिय सूचीकरणपछि मात्रै युनेस्कोमा पठाउने व्यवस्था रहेको छ ।
यसअघि १०५ आवेदनमध्ये योमरी मात्र सूचीकरणमा परेको थियो। अब बाँकी सम्पदालाई प्रक्रियामा ल्याउन पहल भइरहेको छ ।
नेपालले सन् २०१० मा अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि अनुमोदन गरिसकेको छ र अब सूचीकरणलाई व्यापक बनाउने लक्ष्य लिएको छ ।















