काठमान्डौँ, ४ बैशाख । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन् ।
शुक्रबार सिंहदरबारमा भएको निर्वाचनमा उनले नेकपा -एमाले) का गुरुप्रसाद बराललाई पराजित गरेकी हुन् ।पदभार ग्रहणपछि सभापति शेरचनले विज्ञताको आधारमा समितिको कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाइन् ।
उनले सत्तापक्ष–प्रतिपक्षभन्दा माथि उठेर शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रका विज्ञहरूको सुझावअनुसार काम गर्ने बताइन् ।
साथै, कार्यसम्पादनलाई नतिजामुखी बनाउन विषय विज्ञहरू समेटिएका उपसमितिहरू छिट्टै गठन गर्ने योजना पनि सार्वजनिक गरिन् ।














