काठमाडौं, ४ वैशाख । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ ।
यस दिन सन्तानले आमालाई मीठा खानेकुरा खुवाउने, राम्रो लुगा लगाउने र आशीर्वाद लिने परम्परा छ । आमा नभएकाहरूले भने तर्पण, पिण्डदान र श्राद्ध गरी दिवङ्गत आमाको सम्झना गर्ने चलन रहेको छ ।
शास्त्रीय मान्यताअनुसार आमालाई उच्च सम्मान दिँदै जननी जन्मभूमिश्च स्वर्गादपि गरियसीÚ भन्ने भावनासहित यो पर्व मनाइन्छ ।
यस अवसरमा काठमाडौंको मातातीर्थमा विशेष मेला लाग्ने गरेको छ र तयारी पूरा भएको जनाइएको छ ।














