काठमाडौँ, ३ वैशाख । काठमाडौँमा आयोजित बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशका मुख्यमन्त्रीहरूसँग करिब तीन घण्टा छलफल गर्दै सङ्घीयता कार्यान्वयनका जटिलता समाधानबारे विचार-विमर्श गरेका छन् ।
मुख्यमन्त्रीहरूले आ–आफ्ना प्रदेशका समस्या राखेका थिए भने प्रधानमन्त्रीले ती समस्यामा स्पष्टता दिँदै समाधानका विकल्प सुझाए ।
उनले प्राविधिक तथा नीतिगत जटिलता हटाउन सङ्घ-प्रदेशको साझा संयन्त्रमार्फत काम अघि बढाउने प्रतिबद्धता जनाए ।
साथै, प्रदेश सरकार आफैँले तत्काल गर्न सक्ने सुधारका काम ढिलाइ नगरी सुरु गर्न आग्रह गरे ।














