काठमाडौं, ३ वैशाख । संघीय संसद् अन्तर्गत विभिन्न संसदीय समितिका सभापतिका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।
मनोनयन अघि राजनीतिक दलहरूले उम्मेदवार छनोटबारे छलफल गरेका थिए । संसद् अन्तर्गत १६ वटा समिति रहेका छन्, जसमा प्रतिनिधिसभाका १०, राष्ट्रिय सभाका ४ र २ संयुक्त समिति छन्।
राष्ट्रिय सभाका समितिहरूको सभापति भने यसअघि नै निर्वाचित भइसकेका छन् । गत चैत २७ गते प्रतिनिधिसभाले समितिका सदस्यहरू टुंग्याएको थियो भने डोलप्रसाद अर्याल ले समितिका सभापति निर्वाचन आगामी शुक्रबारका लागि तय गरेका छन् ।
सभापतिमा दाबी गर्न सम्बन्धित समितिकै सदस्यले प्रस्तावक र समर्थकसहित उम्मेदवारी दिनुपर्ने व्यवस्था छ ।














