एजेन्सी । टर्कीको दक्षिणी क्षेत्रमा रहेको एक विद्यालयमा भएको गोलीबारीमा आठ विद्यार्थी र एक शिक्षकसहित नौ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्, जसमा ६ जनाको अवस्था गम्भीर छ ।
गृहमन्त्री मुस्तफा सिफ्सीका अनुसार घटना कहरामनमारास क्षेत्रको आयसर क्यालिक सेकेन्डरी स्कुलमा भएको हो । १४ वर्षीय आक्रमणकारी पनि घटनास्थलमै मारिएका छन् ।
उनले दुई कक्षामा प्रवेश गरेर अन्धाधुन्ध गोली चलाएका थिए र उनीसँग पाँच बन्दुक तथा सात म्यागेजिन रहेको जनाइएको छ । घटनाको कारण अझै खुल्न सकेको छैन ।
यसअघि पनि सोही क्षेत्रमा अर्को विद्यालयमा गोलीबारी भएको थियो, जसले सुरक्षा अवस्थाप्रति चिन्ता बढाएको छ ।














