काठमाडौं, ३ वैशाख । काठमाडौंमा आज प्रधानमन्त्री वालेन्द्र शाह -बालेन)ले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विकास निर्माणलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड, तथा प्रदेशका प्रशासनिक र आर्थिक समस्या समाधानका विषयमा छलफल हुनेछ ।
साथै, केन्द्र–प्रदेश सहकार्य सुदृढ बनाउने, राष्ट्रिय योजनाको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाह सुधार र सुशासन कायम गर्ने विषयमा साझा समझदारी बनाउने अपेक्षा गरिएको छ ।














