काठमाडौं, २ वैशाख । प्रधानमन्त्री बालेन शाहले सिंहदरबारमा करिब पाँच घण्टासम्म विभिन्न दलका समानुपातिक सांसदहरूसँग छलफल गरेका छन् ।
छलफलमा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती र समाधानका उपाय प्रस्तुत गरेका थिए । सांसदहरूले विभिन्न समुदायबीच अनुभव आदानप्रदान र प्रतिनिधित्व सुदृढ गर्ने उद्देश्य रहेको बताएका छन् ।
प्रधानमन्त्रीले पार्टीभन्दा माथि उठेर राष्ट्रिय मुद्दाका रूपमा सबैको कुरा सुनेका हुन् । साथै, शिक्षा, स्वास्थ्य, समानता र समताको क्षेत्रमा सुधार अघि बढाउने संकेतसमेत दिएका छन् ।














