काठमाडौं, १ बैशाख । संघीय संसदलाई डिजिटल तथा पेपरलेस प्रणालीमा रूपान्तरण गर्ने तयारी गरिएको छ । यो जानकारी डोल प्रसाद अर्यालले दिएको हो ।
सभामुख अर्यालसँग United Nations Development Programme (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुका बीच भएको भेटमा संसदको डिजिटलाइजेशन र ई–पार्लियामेन्ट निर्माणबारे छलफल भएको थियो ।
अर्यालले आवश्यक समझदारीपछि सहकार्यको मोडालिटी तय गरिने जनाए । यूएनडीपीले संसदको क्षमता विकास, महिला सशक्तीकरण तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरेको छ ।
साथै डिजिटल संसद निर्माण र अनुभव आदान–प्रदानमार्फत सहयोग गर्न तयार रहेको बताए । यस अवसरमा महिला सांसदहरूको क्षमता अभिवृद्धिमा सहकार्य आवश्यक रहेकोमा पनि जोड दिइएको थियो ।














