काठमाडौं, १ बैशाख । संघीय संसदका सांसदहरूले पुनः स्वकीय सचिवको सुविधा पाउने भएको छ ।
यसका लागि प्रक्रिया अघि बढाइएको छ । सोमबार बसेको संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले सांसदहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्था मिलाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठक डोल प्रसाद अर्यालको सभापतित्वमा बसेको थियो । समितिले आवश्यक कानुनी व्यवस्था गर्न कानुन न्याय तथा संसदीय मामला मन्त्रालयलाई प्रस्ताव पठाउने निर्णय पनि गरेको छ ।
यसअघि सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौतीका लागि सांसदहरूको स्वकीय सचिव पद खारेज गरेको थियो । सो निर्णयप्रति त्यसबेलै संसद् पदाधिकारीहरूले असन्तुष्टि बताए ।














