काठमाडौँ, ३0 चैत । काठमाडौँको नक्सालस्थित प्रहरी प्रमुख दानबहादुर कार्कीको सरकारी निवासमा गृहमन्त्री सुधन गुरुङ र कानून मन्त्री सोविता गौतम आकस्मिक रूपमा पुगेका छन् ।
पूर्वसूचना बिना भएको उक्त भेटमा केही व्यक्तिको पक्राउलाई कानुनी रूपमा मिलाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ । यसअघि गृहमन्त्री गुरुङले अख्तियार प्रमुख प्रेम राईसँग पनि भेट गरेका थिए ।
प्रहरी प्रमुखसँग गुरुङले एक्लै भेट्दा कानून मन्त्री गौतम भने बाहिरै बसेर फर्किएकी थिइन् ।














