काठमाडौं, ३० चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणसँगै त्यसको स्रोत पनि सार्वजनिक गर्न माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले स्रोत नखुलेको सम्पत्तिलाई अप्रत्यक्ष रूपमा भ्रष्टाचार मान्न सकिने बताएका हुन् ।
उनले सम्पत्ति मात्र होइन, त्यसको स्पष्ट स्रोत खुलाउनुपर्ने आवश्यकता औंल्याउँदै पारदर्शितामा जोड दिएका छन् । 














