काठमाडौं, ३० चैत । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ ।
पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा अनियमितता प्रकरणमा उनीविरुद्ध १८ करोड ५८ लाख रुपैयाँभन्दा बढी बिगो माग गर्दै मुद्दा दायर गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार हदबन्दीभन्दा बढी जग्गा गैरकानुनी रूपमा विक्री तथा सट्टापट्टा गर्न मन्त्रिपरिषद्मार्फत निर्णय गराइएको आरोप छ ।
उक्त निर्णय प्रक्रियामा कानुनी प्रक्रिया नअपनाई पूर्वनिर्देशनका आधारमा काम भएको दाबी गरिएको छ । सोही प्रकरणमा बैंकमार्फत जग्गा धितो राखी कर्जा प्रवाहसमेत भएको पाइएको छ ।














