काठमाडौँ, २७ चैत । काठमाडौँमा नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले आजै दुवै जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।
गौरीकुमारी यादव महोत्तरी–४ र रामजी यादव सप्तरी–२ बाट निर्वाचित हुन् ।














