काठमाडौँ, २७ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले जेनजी आन्दोलनको प्रतिनिधित्व गर्न जेनजी समूहकी रुवी कुमारी ठाकुर लाई उपसभामुखको उम्मेदवार बनाइएको बताएका छन् ।
प्रतिनिधिसभामा बोल्दै उनले जनताबाट निर्वाचित प्रतिनिधिहरूलाई सम्मान गर्न आग्रह गर्दै उम्मेदवारप्रति अपमानजनक टिप्पणी नगर्न चेतावनी दिए ।
उनले उमेर वा सम्बोधनका आधारमा होच्याउने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा राखे ।














