काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ठाकुरको पक्षमा मतदान गर्ने निष्कर्ष निकालेको पार्टीका प्रवक्ता मनिष झाले बताए ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता बालेन शाह र पार्टी सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरू सहभागी थिए । उपसभामुख पदका लागि ठाकुरसँगै राप्रपाकी सरस्वती लामा पनि प्रतिस्पर्धामा छन् ।
२५ वर्षीया ठाकुरले बिहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन् । प्रतिनिधि सभामा रास्वपाको बलियो उपस्थिति रहेकाले उसको समर्थन पाएपछि ठाकुरको उपसभामुखमा निर्वाचित हुने सम्भावना निकै उच्च देखिएको छ ।














