काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक शुक्रवार बस्ने भएका छन् ।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना हुने बताए । बैठकमा आज हुने उपसभामुख पदको निर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।
उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा प्रतिस्पर्धामा रहेका छन् । ठाकुरले बिहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन् । प्रतिनिधि सभामा रास्वपाको सशक्त उपस्थितिका कारण ठाकुरको जित सम्भावित देखिएको छ ।














