कपिलवस्तु, २७ चैत । कपिलवस्तुको बनकसवासास्थित पूर्व–पश्चिम राजमार्गमा नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।
भे १ ख ४३७३ नम्बरको बस गएराति पल्टिँदा घाइतेमध्ये १७ जनाको चन्द्रौटाको सञ्जीवनी अस्पताल, ३ जनाको आधारभूत अस्पताल र ६ जनाको बुटवलमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














