काठमाडौं, २६ चैत । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन अन्त्य हुने आदेश शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।
पत्रमा उल्लेख छ, “नेपाल सरकारको सिफारिसअनुसार संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरिएको छ ।”
साथै, राष्ट्रपति पौडेलले भोलि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । निर्वाचनपछिको संघीय संसद्को पहिलो बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने यो पहिलो अवसर हुनेछ ।














