KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

घरेलु मैदानमै बार्सिलोना पराजित, १० खेलाडीमा सीमित हुँदा असर

घरेलु मैदानमै बार्सिलोना पराजित, १० खेलाडीमा सीमित हुँदा असर

काठमाडौं, २६ चैत । युईएफए च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना घरेलु मैदानमै एथ्लेटिको म्याड्रिडसँग २–० ले पराजित भएको छ ।

एक खेलाडीले कम खेलेको अवस्थामा बार्सिलोनाले संघर्षपूर्ण प्रदर्शन गरे पनि हार टार्न सकेन । सन् २००६ पछि नोउ क्याम्पमा जित निकाल्न नसकेको एथ्लेटिकोले यसपटक प्रभावशाली खेल प्रस्तुत गर्दै महत्वपूर्ण नतिजा निकालेको हो,

जसले सेमिफाइनल पुग्ने सम्भावना बलियो बताए । एथ्लेटिकोको जितमा जुलियन अल्भारेज र अलेक्जेन्डर सोर्लोथले एक–एक गोल गरेका छन् । खेलको पहिलो हाफको अन्त्यतिरको घटना निर्णायक मोड बन्यो । बार्सिलोनाका डिफेन्डर पाउ कुबार्सीले जुलियानो सिम्योनीलाई फल गरेपछि रेफ्री इस्तभान कोभाक्सले सुरुमा पहेँलो कार्ड दिएका थिए ।

तर समीक्षा पछि उनलाई रातो कार्ड दिइयो, जसले बार्सिलोनालाई १० खेलाडीमा सीमित बनायो । त्यही फ्री–किक अवसरलाई सदुपयोग गर्दै जुलियन अल्भारेजले सुन्दर गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाए ।

दोस्रो हाफमा १० खेलाडीमा सीमित बार्सिलोनाले दबाब बनाउँदै आक्रमण जारी राख्यो । मार्कस रासफोर्डले उत्कृष्ट अवसर पाए पनि उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । समग्रमा बार्सिलोनाले २४ पटक गोल प्रयास गरे पनि सफल हुन सकेन ।

खेलको अन्तिम समयमा एथ्लेटिकोले काउन्टर अट्याकमा अर्को गोल थप्यो। माटेओ रुगेरीको क्रसमा अलेक्जेन्डर सोर्लोथले गोल गर्दै टोलीको जित पक्का गरे । लगातार आठ खेलसम्म अपराजित रहेको बार्सिलोनाका लागि यो हार ठूलो धक्का बनेको छ।

अब दोस्रो लेगका लागि म्याड्रिडमा हुने खेलमा पुनरागमन गर्न उसलाई कठिन चुनौती सामना गर्नुपर्नेछ । एथ्लेटिकोले यसअघि पनि च्याम्पियन्स लिगको नकआउट चरणमा बार्सिलोनालाई दुई पटक बाहिर पठाइसकेको छ ।

Facebook Comment

Related Posts

तीन लाख घुस लिँदै मालपोतका कर्मचारी र लेखापढी व्यवसायी पक्राउ

तीन लाख घुस लिँदै मालपोतका कर्मचारी र लेखापढी व्यवसायी पक्राउ

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

जनकपुर आन्दोलनका घाइते १२ वर्षीय आनन्द आईसीयूमा, सरकारले क्षतिपूर्ति दिनुपर्ने परिवारको माग

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

जनकपुरमा कफ्र्यु अन्त्य, निषेधाज्ञा कायम

कप्तानगञ्ज तनाव : एकको मृत्यु, २९ जना घाइते, को-को परे घाइते? (सूचीसहित)

सुनसरी : शान्ति-सुरक्षाका लागि कर्फ्यु हटाएर निषेधाज्ञा लागू

धनुषामा शान्ति, सद्भाव र सहिष्णुताको पक्षमा सर्वपक्षीय ऐक्यबद्धता

धनुषामा शान्ति, सद्भाव र सहिष्णुताको पक्षमा सर्वपक्षीय ऐक्यबद्धता

संकटको घडीमा सबै पक्ष मिलेर अघि बढ्न पूर्वराष्ट्रपति यादवको सुझाव

संकटको घडीमा सबै पक्ष मिलेर अघि बढ्न पूर्वराष्ट्रपति यादवको सुझाव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar