काठमाडौं, २६ चैत । इजरायलको आक्रमणमा लेबननमा २५४ जनाको मृत्यु र १ हजारभन्दा बढी घाइते भएपछि राष्ट्रिय शोक घोषणा गरिएको छ ।
बेरुतलगायत विभिन्न क्षेत्रमा भीषण हमला भएको छ । लेबननी प्रधानमन्त्री नवाफ सलामले आक्रमण रोक्न कूटनीतिक पहल गरिरहेको बताएका छन् भने स्वास्थ्य प्रणालीमा चाप बढेको छ ।
अमेरिका–इरानबीच युद्धविराम सम्झौता भएको भोलिपल्टै आक्रमण भएको हो । इजरायल र अमेरिकी उपराष्ट्रपतिले उक्त युद्धविराम लेबननमा लागू नहुने बताएका छन् भने इरानले अमेरिकालाई स्पष्ट विकल्प रोज्न चेतावनी दिएको छ ।
यसैबीच, इरानले होर्मुज स्ट्रेट पुनः बन्द गरेको बताइएको छ ।












