काठमाडौं, २५ चैत । प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।
शिशिर खनाल समेत सहभागी रहने उक्त भेट सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दिउँसो १२ बजे हुने तय भएको छ ।
प्रधानमन्त्रीका सल्लाहकार असीम शाहका अनुसार यो पहलले कूटनीतिक भेटघाटमा नयाँ अभ्यास सुरु गर्ने अपेक्षा गरिएको छ ।
यसअघि भने राजदूतहरूसँग एक्लाएक्लै भेट्ने परम्परा थियो । भेटमा ब्mचष्त द्यबजबमगच च्बष् लगायत उच्च अधिकारीहरूको पनि सहभागिता रहनेछ ।














