काठमाडौं, २४ चैत । नेकपा संयोजक पुष्पकमल दाहाल …प्रचण्डÚले प्रतिनिधि सभाको उपसभामुख पदमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उपसभामुखका विषयमा हालसम्म रास्वपासँग कुनै औपचारिक सहमति नभएको स्पष्ट पारे ।
उपसभामुख पदमा नेकपासहित कांग्रेस, श्रम संस्कृति र राप्रपाले पनि दाबी गरिरहेका छन् भने सभामुखमा रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित भइसकेका छन् ।














