काठमाडौं, २४ चैत। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार संविधानको धारा ७६(९) बमोजिम गरिएको परिवर्तनमा अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो स्थानमै यथावत छन्।
यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौँ स्थानमा झरेका छन् भने चौथो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो स्थानमा उक्लिएका छन्।















