काठमाडौं, २४ चैत । सरकारले राजनीतिक कोटामा नियुक्त ६ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले सोमबार सम्बन्धित दूतावासलाई जानकारी गराएको हो ।
भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका लागि नियुक्त राजदूतहरूलाई एक महिनाभित्र फर्किन निर्देशन दिइएको छ ।
उनीहरू अघिल्लो सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेका थिए ।














