काठमाडौं, २३ चैत । सरकारले सरकारी विज्ञापन निजी मिडियामा नदिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ भोलिका लागि तोकिएको छ ।
रिटमा उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता कमजोर बनाउने र संविधान तथा कानुनविपरीत रहेको जिकिर गरिएको छ ।
साथै, सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यममा सीमित गर्ने निर्णय बदर गर्न र कार्यान्वयन रोक्न अन्तरिम आदेश माग गरिएको छ ।














