काठमाडौँ, २३ चैत । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
आर्थिक पत्रकार समाज -सेजन)सँगको छलफलमा उनले …ग्रे लिस्टÚले अन्तर्राष्ट्रिय छविमा असर पारेकाले तोकिएको समयमै बाहिरिन सरकार गम्भीर रहेको बताए ।
उनले सम्पत्ति शुद्धीकरणलगायत वित्तीय अपराधका मुद्दा प्रमाणका आधारमा अघि बढाइने र दोषीलाई कडा जरिवाना गरिने स्पष्ट पारे । साथै, शेयर बजारमा अनावश्यक त्रास नफैलाउन आग्रह गरे ।














