काठमाडौं, २२ चैन । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध जिल्ला अदालत काठमाडौंले ५ दिन म्याद थप गरेको छ ।
उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा आइतबार पक्राउ गरिएको हो र हाल अनुसन्धान जारी छ । यसअघि पनि उनी २०७६ सालमा थर्मल गन महँगोमा बिक्री गर्न खोजेको आरोपमा पक्राउ परेका थिए।
यसैबीच, समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई भने बयानपछि छाडिएको छ ।














